विराटनगर, भाद्र ४ गते । नेपालमा कोरोना आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएसंग मृतकको संख्या १ सय ३० पुगेको छ ।
कोरोना भाइरस संक्रमणका कारण आज ६ जनाको मृत्यु भएको छ । मृत्य हुनेहरुमा सप्तरी, पर्सा, बारा, चितवन, काठमाडौं र रुपन्देहीका १÷१ जनाको मृत्यु भएको हो ।
सप्तरीका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको भने धरानको वीपी प्रतिष्टानमा मंगलबार मृत्यु भएका सप्तरी राजविराज नगरपालिका वडा नं. ४ का २८ वर्षीय युवकमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।
बाराको कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वाका ५९ वर्षीय पुरुषमा मृत्युपछि करोना संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पताल पु¥याएको थियो । अस्पतालमा ¥पुर्या एलगत्तै उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
त्यसैगरी काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए ।
रुपन्देहीको देवदहमा नगरपालिका वडा न. ३ शिशपुरका ७० वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेका अनुसार बुधबार संक्रमण पुष्टि भएको थियो ।
पर्साको वीरगन्ज महानगरपालिक वडा नं. १५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु भएकाहरुमा धेरै जसो संक्रमितहरुमा श्वासप्रश्वास, दम, मुट रोगी भएको चिकित्सकहरुको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]