विराटनगर, भाद्र ३ गते । प्रदेश नं. १ मा गत २४ घण्टा भित्र १ सय २३ जना कोरोना संक्रमित थप भएसंगै कुल संक्रमितको संख्या २ हजार ३ सय ३२ पुगेको छ ।
आज थपिएको कोरोना संक्रमित मध्ये ३३ जना महिला र ९० जना पुरुष रहेका छन् । जसमध्ये मोरंगमा २७ जना महिला र ४० जना पुरुष संक्रमित थप भएको छ । मोरंग जिल्लाको विराटनग महानगर पालिकामा २० महिला र ३२ पुरुष थप भएको छ ।
विराटनगर महानगर पालिका भित्र कुन वडामा कति


त्यसैगरी बुढीगंगा गाउँपालिकामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, रंगेली नगरपालिकामा ५ महिला ४ पुरुष, धनपालथान गाउंपालिकामा १ पुरुष, कानेपोखरीमा १ पुरुष, मिक्लाजुङ्गमा १ पुरुष रहेका छ्न् ।
त्यसैगरी सुनसरी जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये पुरुष ३२ महिला ५ रहेका छन् । बर्जु गाउंपालिकामा ४ पुरुष १ महिला, दुहवी ८ पुरुष १ महिला, हरिनगरा गाउँपालिका १२ पुरुष १ महिला, धरान उपमानग पालिकामा २ पुरुष्गा इटहरीमा ४ पुरुष, रामधुनीमा २ पुरुषमा कोरोना संक्रमिण पुष्टी भएको छ ।
झापा जिल्लामा १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये भद्रपुरमा ३, दमकमा ८, विर्तामोडमा १, कचनकवलमा १, कमलमा १ र ठेगाना नखुलेको २ जना रहेको छ ।
पाँचथरको १ पुरुष ठेगाना नखुलेको अन्य दुइ मध्ये १ महिला भारत र १ पुरुष भारतमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]