विराटनगर, जेठ ३ गते । कोशी प्रदेश सरकार मन्त्रिपरीषद्को बैठकले तिन बुद्धे निर्णय पारित गरेका छन् ।
तीनबुद्धे निर्णय नं. १ मा ओखलढुङ्गाको चम्पादेवीगाँउपालिकावडा नं ६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापतरु १ लाख ७५ हजार उपलब्ध गराइएको छ । पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ ।
त्यसै गरी निर्णय नं. २ मा प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुदबोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाइएको छ । सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘ तपाईलाई पदबाट किन नहटाउने ?’ भनिदुइ पटक सम्म स्पस्टीकरण माग्दा पनि चित्त बुझ्दो स्पस्टीकरण नदिएकाले उहाँलाई पदबाट हटाइएको हो ।
निर्णय नं. ३ मा आर्थिक सहायता सम्बन्धि कार्य विधि २०७९ माउल्लेख भए बमोजिम आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत १ करोड पचास लाख थप बजेटका लागि स्विकृती प्रदान गर्ने निर्णय गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]