विराटनगर, जेठ १ गते । टकिसिनवारी जेसीजले बुढी गंगा गाउँपालिकोको सहयोगमा यूवाहरुलाई व्यवसायीक सिप तथा असल उद्यमी बन्नको लागि ६ दिने तालिमको आयोजना गर्ने भएको छ ।
उक्त कुराको जानकारी पत्रकार सम्मेलन गरी टंकीसिनवारी जेसीजका अध्यक्ष नवराज साहले गराए । सो तालिम बैशाख ९ गते देखि १५ गते सम्म संचालन हुने तालिममा बुढीगंगा गाउँपालिकामा रहेका सात वटा वडा वाट ७० जना युवा सहभागिता गराई राष्ट्रिय स्तरमा सफल भएका उद्यमीहरुसंग तालिम र अन्तरक्रियाको माध्यमबाट व्यवसायिक ज्ञान आर्जित गर्दै आउदो भविष्यमा एक उत्कृष्ट उद्यमी व्यवसायिक प्रस्तावना पत्र लेख्न सिकाउने भएको छ ।
टॉकसिनवारी जेसीजले ’विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वका भावना, आर्थिक न्यायको सर्वोत्तम उपलब्धी स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रता द्वारा हुन सक्दछ भन्ने जेसीज भावनालाई आत्मसाथ गर्दै बुढीगंगा गाउँपालिकामा रहेका शिक्षित बेरोजगार यूवाहरुलाई लक्षित गरी विभिन्न व्यवसायमा सफल भएका व्यक्तिहरुसंग समनवय गराई व्यवसायिक सिप तथा उद्यमी बन्नको लागि आवश्यक विषयहरु समावेश गरी उद्यमशीलता विकास तालिम दिने भएको छ ।
सो तालिममा विचार र नविनता सम्वन्धी रन्जित आचार्य, उत्पादन र सेवा सम्वन्धी कर्ण शाक्य, कानुन दर्ता प्रक्रिया र कोष व्यवस्थापन सम्बन्धी ध्रुब तिमसिना, लेखा र वित्तिय व्यवस्थापन सम्बन्धी रामेश्वर वस्याल र उद्यमीका यात्रा सि. भोलेश्वर दुलाल, सि. भिम घिमिरे, जेसी सुबोध कोइराला र सुयेस प्याकुरेल प्रशिक्षण र सहजीकरण गर्ने छन् ।
बुढीगंगा गाउँपालका अध्यक्ष जीतनारायण थापा मगरले भने पालिकाले तालिममा जति खर्च गर्छ सो अनुसारको प्रतिफल नआएको वताउँदै तर पनि यूवाहरुलाई स्वरोजगार वनाउन लागि परेको वताए । सो तालिममा ४ लाख ७५ हजार ८ खर्च हुने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]