बिराटनगर, श्रावण ३ गते । निर्वाचन आयोगको दर्ता नं. १३२ मा नेकपा एमाले पार्टी दर्ता भएको छ ।
निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । सो पार्टी दर्ताका लागि असार १२ गते निर्वाचन आयोगमा आवेदन दर्ता गराएको थियो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको छ । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेपाल कम्यूनिष्ट पार्टी भित्र हलचल नै उत्पन्न भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोप प्रचण्डसहितका केही नेताहरुले आरोप लगाएका थिए । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता भएको छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]