विराटनगर, बैशाख १९ गते । सहकारी तथा गरिबी निवारण सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कापोमिस) तालिम ६ बुद्वे प्रतिवद्वता सार्वजनिक गर्दै सम्पन्न भएको छ ।
समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उप प्रमुख शिल्पा निराला कार्की ले भने कति सहकारीलाई लागछ महानगरपालिका सहकारीको दुश्मन हो तर त्यसो हाईन महानगरपालिका सहकारीको संरक्षण गर्न खोजेको हा भन्दै सहकारीको समस्या महानगरपालिकामा नआओस भनेर सहकारीको संरक्षण गर्न खोजेको वताए ।
तीन दिने तालिममा सहभागी ४२ जना प्रशिक्षार्थीहरूलाई कार्कीले प्रमाणपत्र समेत प्रदान गरेका थिए । तालम भरी सिकेका अनुभवहरूको जानकारी सहभागी मध्येवाट अनुप म्याङ्वो र उषा कार्कीले दिएको थियो ।
उक्त तालिमको पहिला दिन ः ।कोपोमिसको सैद्धान्तिक तथा अवधारणागत पक्ष, कानुनी व्यवस्था र ध्यान दिनुपर्ने विषषहरू, सूचना व्यवस्थापन प्रणाली सम्बन्धित प्राविधिक जानकारी सोको प्रयोग र कोपोमिस प्रणाली र सञ्चालनलाई आवश्यक पुर्वाधार व्यवस्थापन, सहकारीले प्रयोग गर्ने (COPOMIS) कोपोमिस प्रयोग गर्ने मेनुहरू, नेपाली युनिकोड प्रयोग, एक्सल, फाईल रिसाईज लगायत प्रविधी प्रविधि, समष्टिगत विवरण सेटप तथा प्रविष्ट, दोस्रो दिन ः सहकारी सदस्य दर्ता विधि (एक्सल फारम) र सोको अभ्यास, साधारणसभाको विवरण, सम्पत्ति सुद्विकरण प्रविष्ट गर्ने तरीका र सो को अभ्यास, निर्वाचन उपसमिति र निर्वाचन प्रतिवेदन प्रविष्टी तथा आन्तरिक कार्यहरूको मेनु (बैठक व्यवस्थापन तथा रिण सम्बन्धि) अभ्यास गराएका थिए ।
त्यसैगरी तेस्रो दिन ः मासिक वित्तीय विवरण भर्ने तरिका र सोको अभ्यास, मासिक वित्तीय विवरण भर्ने तरीका र सोको अभ्यास तथा कोपोमिस प्रणालीवाट साभार गरिने प्रतिवेदनहरू, कर्मचारी विवरण प्रविष्ट र युजर व्यवस्थापन तथा अभ्यास, कोपोमिस कार्य सम्पादनका सवालहरू, COPOMIS Trubleshooting and assessment,, कार्ययोजना तयारी समुहगत प्रस्तुति, खुल्ला छलफल तथा पृष्ठपोषण गरि सहजकर्ता मनोज कार्कीले तालिम विट मारेका थिए ।
बैशाख १७ देखि १९ सम्म संचालन भएको तालिम विराटनगर महानगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडा नं. १९ का अध्यक्ष श्याम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सञ्चालन तालिममा सहभागीहरुको
बिराट प्रतिवद्धता पत्र
आज मिति २०८० साल बैशाख १९ गते मंगलवारका दिन विराटनगर महानगरपालिकामा रहेका सहकारी संस्थाहरुको लागि श्रीकृष्ण होटल, विराटनगरको सभाहलमा मिति २०८०।०१।१७ देखि १९ गते सम्म सञ्चालित “कोपोमिस सञ्चालन सम्बन्धी तालिम“ मा सहभागी हामी सबै सरोकारवाला देहाय बमोजिमका विषयमा प्रतिबद्ध रहि यो प्रतिबद्धता पत्र जारी गरेका छौं ।
१. यस तालिममा सहभागी हामीले आफ्नो संस्थामा रहेका शेयर सदस्यहरुको विवरण मिति २०८० जेष्ठ मसान्त भित्र कोपोमिस सफ्टवेयरमा तोकिए बमोजिम प्रविष्टी गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
२. हाम्रो सहकारी संस्थाको आ. ब. २०७९१८० मा सम्पन्न बार्षिक साधारणसभाको विवरण र निर्वाचन सम्बन्धी विवरण मिति २०८० बैशाख मसान्त सम्म कोपोमिस सफ्टवेयरमा प्रविष्टी गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
३. हाम्रो सहकारी संस्थाको आ. ब. २०७८।७९ को बार्षिक लेखा परीक्षणको प्रतिवेदन बमोजिम बार्षिक विवरण मिति २०८० बैशाख मसान्त सम्म कोपोमिस सफ्टवेयरमा प्रविष्टी गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
४. हाम्रो संस्थाको २०८० वैशाख महिनाको मासिक वित्तीय विवरण जेष्ठ १५ गते भित्र कोपोमिसमा प्रविष्टी गरी पठाउने र अव उप्रान्त नियमितरुपमा नियामक निकायमा पठाउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
५. हाम्रो सहकारी संस्थाको सुशासन र प्रभावकारी व्यवस्थापनका लागि यस तालिम कार्यक्रमबाट प्राप्त ज्ञान, सीप र धारणालाई आफ्नो संस्थामा उच्चतम् प्रयोग गरी सहकारी संस्थाको विकास तथा सदस्य केन्द्रित कार्यक्रमहरु सञ्चालन गरी सदस्यको उत्पादन, बजारीकरण तथा उपभोगस्तरमा प्रत्यक्ष बृद्धि गर्दै सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयनमा प्रभाव पार्ने व्यावसायिक योजना तथा रणनीतिक योजनाहरु तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
६. कोपोमिसमा आईपर्ने समस्याहरु समाधानको लागि तालिमका सहजकर्ता तथा विराटनगर महानगरपालिका, सहकारी शाखा सधैं प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छौं ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]