विराटनगर, बैशाख १० गते । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–५ सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टर अर्थात शान्तिवनमा बैशाख ६ गते बुधवार देखि शुरु भएको शान्तिवन एक्स्पो अर्थात विज्ञान, कृषि तथा औद्योगिक प्रदर्शनि मेला शनिवार सम्पन्न भएको छ ।
विज्ञान शिक्षक समाज नेपाल र एभरेष्ट साइन्स सेन्टर नेपालको संयुक्त आयोजनामा भएको विज्ञान प्रदर्शनी मेलामा ७ वटा प्रदेश र ७७ वटै जिल्लावाट प्रतिनिधित्व हुने गरी सहभागी भएका विद्यालयहरु मध्य उत्कृष्ट प्रदर्शनी गरेका १२ वटा विद्यालयलाई साईन्स सेन्टर र विज्ञान शिक्षक समाज नेपालले संयुक्त रुपमा सम्मानित गर्ने निर्णय गरेको छ ।
नाशाको वरिष्ट अन्तरिक्ष वैज्ञानिक एलिजाबेथ सेरेडनले अन्तरिक्षको बारेमा लाइभ भिडियो प्रस्तुती गरिएको थियो । जसमा नासा बाट अन्तरिक्षको बारेमा प्रस्तुति गर्नु भएको थियो भने १० जना भन्दा बडि विद्यार्थीहरुले अन्तरिक्षको बारेमा सोझै जिज्ञासा र प्रश्न सोधेका थिए । ७ प्रदेश का स्कुलका विद्यार्थी र शिक्षकहरुको सहभागीता रहेको थियो ।
उत्कृष्ट प्रदर्शनी गर्ने १२ विद्यालयहरू मध्ये कोशी प्रदेश बाट आदर्श माध्यमिक विद्यालय, फिक्कल माध्यमिक विद्यालय, सत्यनारायण माध्यमिक विद्यालय र त्रियुगा मोडेल स्कूल उदयपूर रहेका छन् ।
त्यसैगरी बागमती प्रदेशवाटबाट नवोदय शिशु सदन र मकवानपूर, पद्मकन्या विद्याश्रम काठमाण्डौं, गण्डकी प्रदेशबाट गण्डकी बोर्डिङ, मधेश प्रदेशबाट जनज्योती माध्यमिक विद्यालय रौतहट, सुदूरपश्चिम प्रदेशवाटबाट शारदा माध्यमिक विद्यालय कैलाली, कर्णाली प्रदेशबाट अमरज्योती माध्यमिक विद्यालय सुर्खेत र लुम्बिनी प्रदेशबाट माण्डवी माध्यमिक विद्यालय प्यूठान र जनज्योती माध्यमिक विद्यालय दाङ्गलाई सम्मानित गर्ने निर्णय गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]