विराटनगर, बैशाख २ गते । जोगवनी–४ ईन्द्रानगर स्थित रहेको हनुमान मन्दिरको पहिलो वार्षिक उत्सव धुमधामका साथ मनाउने तयारी भईरहको छ ।
जोगवनीको रेलवे स्टेसनको पश्चिम तर्फ एक वर्ष अगाडि प्राण प्रतिष्ठा गरिएको हनुमान मन्दिर र शनि देवताको मन्दिर स्थापना भएको पहिलो वार्षिक अवसरमा ५ दिवसीय भव्य कार्यक्रम आयोजना गरी तयारी भईरहेको आयोजक समितिको अगुवा किमी आनन्दले बताए ।
स्थानीयको श्रमदानले निर्माण गरेको सो मन्दिरमा गरिने कार्यक्रमको सबै श्रेय स्थानीयलाई दिँदै किमी आनन्दले पत्रकार सम्मेलन गरी वैशाख ३ गते देखि ७ गते सम्म धार्मिक कार्यक्रमहरु हुने वताए ।
वैशाख ३ गते आईतावर पहिलो दिन ५ हजार भन्दा वढी महिलाहरुको सहभागीता हुने र पुरुषहरु घोडा सहित कलश यात्रा निकाल्ने भएको छ । जसमा नेपाल भारत दुवै देशको श्रद्धालु भक्तजनहरूको सहभागिता हुने जानकारी गराए ।
पाँच दिन लगातार बनारसको प्रशिद्ध धर्मगुरु चन्द्रमान द्विवेदी जी महाराजको मुखरविन्द बाट श्रीमद् भागवत महापुराण कथा वाचन तथा धार्मिक प्रवचनको हुने भएको छ भने दैनिक ५ हजार भन्दा बढी भक्तजनहरुको उपस्थित हुने छ । सो कार्यक्रममा सहभागी हुने सम्पूर्ण भक्तजनहरुलाई प्रसाद वितरण गर्ने आयोजकले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]