विराटनग, भाद्र २ गते । नोबेल मेडिकल कलेज विराटनगरका ४ जना कर्मचारीमा कोरोना संक्रमित पुष्टी भएसंगै कुल स्वास्थयकमी र कर्मचारीको संख्या १८ पुगेको छ ।
कोरोना संक्रमण पुष्टी भएका एक डाक्टर, एक नर्स र दुई फार्मेसीका कर्मचारी रहेको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले वताए ।
कोरोना संक्रमित १८ जना मध्ये ५ जना डाक्टर, २ जना प्रशासनका कर्मचारी, ४ जना फार्मेसीका कर्मचारी र सात जना नर्सहरु रहेका छन् । ३ सय ७५ जनाको स्वाब परीक्षण हुँदा १८ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]