चन्दन रौनियार
दुहबी भदौ २ गते । साउन ३१ गते सुनसरीको भोक्राहा नरसिंह ७ का २२ वर्षीय गुणराज यादवको हत्यामा संलग्न रहेको पाँच जनालाई सुनसरी प्रहरीले गिरफतार गरी भदौ २ गते सार्वजनिक गरेको छ । यादवको हत्यामा संलग्नहरुलाई घटना भएको भोली पल्टै पक्राउ गरेपनि तीन दिन पछि मात्र सार्वजनिक गरेको छ ।
घटनामा संलग्न रहेको आंशकामा आठ जनालाई नियन्त्रणमा लिएपनि अनुसन्धान र सोधपुध पछि पाँच जना माथि कर्तब्यल ज्यान मुद्दामा म्याद थप गरिएको हो । घटनामा संलग्न दिनेश मेहता, दिपक कुमार यादव, पप्पु राम, प्रदीप राम र शिव कुमार मेहतालाई अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरिएको छ ।
पाँच जनाले यादवको बीभत्स हत्या गरी प्लाष्टिकको बोरामा बाँधेर सुनसरी खोलामा फालिएकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भोक्राहा नरसिंह गाउँपालिका ७ बस्ने यादवको उनकै घर आसपासका साथीहरूबाट बिहीबार रातको समयमा हत्या गरी बोरामा हात खुट्टा बाँधेर सुनसरी खोलामा फालिएको अनुसन्धानले देखाएको छ ।
श्रावण २९ गते दिउसो २ वजेको समयमा मृतक गुणराज यादव घरबाट मोवाईल पसलमा काम छ भनि निजको साथी शिव कुमार मेहता संग इनरुवा वजार घुमफिर गरी र अन्दाजी बेलुकी ७ वजे शिव कुमार मेहता र मृतक गुणराज यादव पारिजात स्कुल छेउमा रक्सी खाई इन्द्रजित यादवको घर पु¥याई शिव कुमार मेहताले छाडी घर तर्फ निस्केको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
मृतक गुणराज ईन्द्रजित यादवको घरमा केहिवेर बसेर आफ्नो घरतर्फ हिडेपनि बिहिवार रातीदेखी नै गायब भएको र परिवारसँग सम्र्पक बिहिन भएको बुझिएको छ । श्रावण ३० गते स्थानिय मानिसले धान बारीमा रगत जस्तो पदार्थ देखेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर गरेर घटनाको बारेमा प्रहरी नायव उपरीक्षक बिनोद शर्मा सहितको अनुसन्धान टोली घटना स्थलमा गई प्रारम्भिक अनुसन्धान थालेपछि घटनाको बास्तविकता पता लगाएको थियो ।
इन्द्रजित यादवको घर देखि ३०० मिटर पर घाँस बारीमा लुकि बसेका पप्पु राम, दिपक यादव, प्रदिप राम, शिव कुमार मेहता र दिनेश मेहता समेतले संवेदन सिल अंगमा पालैपालो लात्तले वारम्वार हानेको, कुटपिट गरेको अनुसन्धानबाट खुलेपछि पाँच जनालाई सुनसरी अदालतबाट मंगलवार तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दिनेश मेहताले नजिकै रहेको गोरू गाडामा लगाएको वास ल्याई मृतकको टाउकोमा प्रहार गरेको , शिव कुमार मेहताले नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलन (प्लाष्टिक) को डोरी ल्याई मृतकको घाटिमा वाधेको, प्रदिप राम, पप्पु राम र दिपक यादव मिलि मृतकको हात तथा खुट्टा वाधी विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ ।
दिनेश मेहताले आफ्नो घरबाट बाबा चोकर लेखेको प्लाष्टिकको वोरा ल्याई मृतकलाई बोरामा हालेको र घटनामा संलग्न भनिएको पाँच जनाले नै मृतक गुणराजको शवलाई सुनसरी खोला किनार सम्म पु¥याएको र सुनसरी खोला छेउ कल्भटमा प्रयोग भएको चेप्टो ठूलो ढुंगा उक्त वोरामा हाली नाईलन(प्लाष्टिक) को डोरीबोराको मुख सिलाई गरी खोलाको पानीमा फालेको बुझिएको छ ।
घटना स्थलबाट बरामद गरेका सामानहरु प्लाष्टिकको डोरी, चप्पल , पप्पु सिंह लेखिएको पप्पु सिंह को हातमा लगाउने माला , प्रदिप राम को घाटिमा लगाउने माला चुडीएको अवस्थामा घटना स्थलमा छरिएका साना–साना दानाहरु , मृतक गुणराज यादवको औठी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सुनसरी खोलामा फेला परेको शवबाट बाबा चोकरको बोरा, प्लाष्टिकको डोरी (हात खुट्टा बाधेको), मृतकको झोला भेटिएको सुनसरी प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट तीन दिनको म्याद थपिएको सुनसरी प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]