विराटनगर, भाद्र २ गते । प्रदेश नं. १ को जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख ज्ञान बहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
मोरंग जिल्लामा कोरोना संक्रमितहरुको व्यवस्थापनमा खटिएका प्रमुख बस्नेतमा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ उपचार केन्द्र विराटनगरको व्यवस्थापन हेर्दै आएका थिए । सोही कार्यालयका एक कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
यसअघि गोठगाउँ आइसोलेसन केन्द्रमा खटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो । बस्नेतले भने ‘संक्रमणको शंका लागेपछि क्वारेन्टिनमा रहेर कोरोना जाँच गराउँदा पोजटिभ रिपोर्ट आएको हो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]