विराटनगर, फागुन २५ गते । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस यूनियमा नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यले सदस्यता नपाउने यूनियनका अध्यक्ष शिव लम्सालले वताएको छ ।
प्रेस यूनियन कोशी प्रदेश कार्य समिति पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोहलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन । नेपाल प्रेस यूनियन पार्टीका नेताहरुको गुट–उपगुटको निर्देशनमा चल्दैन, केवल पत्रकारहरुको हक हितमा प्रेस यूनियन ७ वटै प्रदेशमा संगठीत भएको वताउँदै नेपाल प्रेस यूनियनको सदस्यता श्रमजिवि पत्रकारहरुले मात्र पाउने लम्सालले दावी गरे ।
माघ १४ गते सम्पन्न भएको नेपाल अधिवेशनवाट सर्वसम्मतिले निर्वाचित भएका प्रेस यूनियन कोशी प्रदेश कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई लम्सालले प्रमाण–पत्र वितरण गरेका थिए ।
प्रमाण–पत्र ग्रहण गर्नुहुँदै नेपाल प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठले यूनियनको कार्यविधिलाई पालना गर्दै श्रमजिवि पत्रकारहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका थिए । नेपाल ट्रेड यूनियन कोशी प्रदेशका अध्यक्ष नारायाण कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतम लगायतले यूनियनका कोशी प्रदेश कार्य समिति पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कोशी प्रदेश कार्य समितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तीकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले लगायत २९ सदस्य समिति सर्वसहमतले निर्वाचित भएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]