विराटनगर, फागुन २१ गते । राउन्ड टेबल नेपाल अन्तर्गतको विराटनगर प्राइम राउन्ड टेबल १० ले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्याडिलक्स गल्र्स अन विल्स प्रतियोगिता गर्ने भएको छ ।
विराटनगर प्राइम राउन्ड टेवल १० का अध्यक्ष राघव राठीले पत्रकार सम्मेलन गरी सो प्रतियोगिता आउँदो फागुन २७ गते जैन भवनवाट शूरु हुने जानकारी गराएका हुन् ।
महिला लक्षित प्याडिलक्स गल्र्स अन विल्स प्रतियोगितामा भाग लिन एक स्कुटरमा २ जनाका दरमा १०० ओटा स्कुटर समावेश गरिने र एक स्कुटरमा सवार २ जनाका लागि १५०० रुपैया दर्ता शुल्क लाग्ने छ । प्रतियोगिहरुले विराटनगरका विभिन्न १० ओटा स्थानमा पुगि दिएका संकेतका आधारमा आवश्यक टास्क पूरा गरी हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु राखिनेछ । उक्त टास्क पुरा गरिएका आधारमा सहभागी प्रतियोगिताहरुले नम्बर प्राप्त गर्दछन । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट विजेता घोषना गरिने प्रतियोगिता संयोजक लोकेश अग्रवालले वताए ।
प्रतियोगितामा पहिलो हुनेलाई लोडको १ टनको ए.सी, दोस्रो हुनेलाई लोयडको वासिङ्ग मेसिन र तेस्रोलाई हेभल्सको जुसर ग्राइन्डर पुरस्कार प्रदान गरीने छ । सो कार्यक्रममा राष्ट्रिय स्तरका गायिका अस्मीता अधिकारी तथा अन्य कलाकारले समेत मनोरन्जन प्रदान गर्नुको साथै कार्यक्रम स्थलमा फुड स्टल, फेस पेन्टिङ्ग तथा गेम्स लगायतका स्टलहरु समेत रहने छन् ।
उक्त प्रतियोगिता विराटनगर वाहेक बुटवल, विरगन्ज र काठमाडौँमा समेत आयोजना हुने भएको छ । नारी दिवसका अवसरमासहभागी नारीहरुको दिन मनोरन्जनमय बनाउदै उत्साह थप्न यो कार्यक्रमले मदत गर्ने आयोजकले अपेक्षा गरको छ ।
सो प्रतियोगितामा करीव ८ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रायोजकहरुवाट संकलन भएका रकम भने राउन्ड टेबलले स्थापना कालददेखि गर्दै आएको सामाजिक सेवामा खर्च हुने निर्वतमान टेवलर अनुपम राठीले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]