विराटनगर, फागुन २० गते । जनमत पार्टी मोरंगले हिन्दुहरुको महान चाडपर्व होलीका अवसरमा गरीएको शुभकामनाका अवसर परेर माओवादी केन्द्र पार्टी त्यागेर नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरका छन् ।
वृहत मधेशी नागरिक समाजका कोषाध्यक्ष योगेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको २०७९ होलीको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
प्रमुख अतिथी यादवले होलीपर्वको शुभकामना दिदै भने हिन्दुहरुले मनाउने चाडपर्वहरु प्राय जसो आसुरी शक्ति माथि देव शक्तिले गरेको विजयको दिन सम्झेर उत्सव मनाउने गरीन्छ । फागुपर्व पनि आसुरी शक्ति होलीकाको अन्त र देव शक्तिका रुपमा रहको प्रलादको जीवन रक्षा भएका उपलक्ष्यमा मनाउने गरको वताए ।


त्यसैले हामी समाजिक प्राणीहरु पनि समाजमा राम्रो काम गर्नु पर्ने राम्रो काम गर्नेका सधै विजय हुने र खराव काम गर्नेको पराजय हुने पक्का भएकोले समाजमा राम्रो काम गर्न सवैमा यादवले आग्रह गरेका थिए ।
सोही अवसरमा माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गर्ने माओवादी केन्द्रका पूर्व सांसद बाबुलाल पासवान, यूवा नेता मुक्ति राजवंशी, मन्तोष यादव लगायत दर्जनौ नेताहरु पार्टी प्रवेश गरको र तीनीहरुलाई फूलमाला लगाएर स्वागत गरीएको जनमत पार्टीका विराटनगर सचीव राजा बाबुले जानकारी गराए ।
उक्त अवसरमा अतिथीहरु सुर्यदेव यादव, महेन्द्र शाह, शिवचन यादव, लगायत दर्जनौ जनमत पार्टीका यूवाहरुले एक आपसमा रंग अविर दलेर शुभकामना आदानप्रदान गरका थिए । सो कार्यक्रम धिरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]