झापा, फाल्गुन १९ गते । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा भीसीटीएस लगायतको आवस्यक कागजपत्र नभएको २ हजार किलोग्राम सुपाडी फेला परेकोले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका–१ का मुकेश चौधरी समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]