विराटनगर, भाद्र २ गते । सामुदायिक वनबाट जंगली जनावर मरेको चित्तल सहित दुई जना यूवाहरुलाई प्रहरीले पक्रउ गरेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. २ हरियाली सामुदायिक वनबाट मरेको चित्तल सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरी र सव डिभिजन वन कार्यालय पथरीको संयुक्त टोलीले चित्र कुमार श्रेष्ठ र बलगाँउ वडा नं. ५ भोजपुर घर भई पथरी नगरपालिका वडा नं. १ को बिकास राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पोथी जातको चित्तल मारी लैजाँदै गरेको अवस्थामा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागी सव डिभिजन वन कार्यालय पथरी बुझाएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]