विराटनगर, माघ २९ गते । प्रदेश १ को राजधानी विराटनगरमा १४ बुद्वे घोषणापत्र जारी गर्दै प्रदेश १ को प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ ।
प्रतिनिधि, लघुवित्त अभियान्ता, लघुवित्त विज्ञहरु, लघुवित्तकर्मी, लघुवित्तका सदस्य तथा अन्य सारेकारवालाहरुको अनुभव, सुझाव, विचार तथा धारणाहरु समेटेर घोषणापत्र जारी गरीएको हो ।
समापन समारोहका विशिष्ठ अतिथी माननीय योगेन्द्र मण्डलले भने लघुवित्त संचालक र लघुवित्तका सदस्यहरु एउटा परिवार भएको नाताले परिवार भित्र कहिले काही समान्य मतभेद हुन्छ त्यही मतभेदका कारण वजारमा लघुवित्तको वारेमा नाकारात्म प्रचारवाजी भई रहको छ ।
त्यस्तो नकारात्म प्रचारवाची पार्टीहरुवाट भगाइएका वा भागेका केही नेताहरुले गरी व्यक्तिगत फाईदा लिन लघुवित्तका सदस्यहरुलाई उचालेर विराधको कार्यक्रम गर्न लागेका वताउदै त्यसको पछि नलाग्न मण्डलले आग्रह गरे ।
लुघुवित्तमा २८ लाख सदस्य देखेर कही नेताहरुले त ती मध्ये १४ लाख मात्रै पक्षमा आए सजिलै राष्ट्रपार्टी वन्न सक्ने समेत चाहना राखेको खुलासा गर्दै त्यसलाई चिरनको लागि संचालक र सदस्य बीच केही सुधारको आवश्यकता रहको वताए ।
लघुवित्त संस्थामा आवद्ध सदस्यहरुको स्तरउन्नती गर्ने खालको योजना तयगर्ने सुझाव दिदै लघुवित्त संस्थाहरु मिलेर गरिबी हटाउने योजनालाई कार्यन्वयनमा ल्याउन र एक समूहमा एक जनालाई लघुउद्यम वनाउन लघुवित्तकर्मीहरुलाई मण्डलले आग्रह गरेका थिए ।
प्रादेशिक लघुवित्त सदस्य सम्मेलन लघुवित्तको क्षेत्रमा विकास प्रवद्धनलगायत गरिब वर्ग पनि ऋण लगानी गर्न योग्य छ, भन्ने मान्यतालाई स्थापित गर्न घोषण–पत्र जारीगरेको छ ।

प्रदेश नंः १ मा रहेका लघुवित्त संस्था र तिनवटा सहकारी संस्थाहरुका प्रतिनिधि मुलक ५ सय भन्दा बढी सहभागीता रहेको आयोजकले जनाएको छ । घर–घरमा उद्यम फैलाऊ, गरिबीलाई शुन्य बनाऊ भन्ने प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनले प्राथमिकतामा राखिएको छ ।
प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनले लघुवित्त विपन्नको सहारा तथा दुःखीबाट सुखी बनाउने, ग्राहक सदस्यहरुलाई उद्यमी तथा उद्यमशिलता बृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम लागु गर्ने, लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने र नियमित अन्तर्रक्रिया गर्ने, सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने भएको छ ।
सम्मेलनको आवसरमा प्रमुख अतिथी, अतिथीहरु लगायत बैकका प्रतिनिधी, लघुवित्तका प्रतिनिधीहरुलाई मायाका चिनो प्रदान गरिएको थियो । उक्र प्रथम प्रादेशिक लघुवित्त सदस्य समितिको प्रदेश नंः १ का संयोजक संजयकुमार मण्डलको अध्यक्षतामा प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको थियो ।
प्रदेश १ को प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनले जारी गरको घोषणापत्र
१ “ घरघरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य बनाऊ’ भन्ने प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनको नारालाई मुर्तरुप दिन लघुवित्त तथा सहकारी संस्थाका सदस्यहरुले आ–आफ्नो क्षेत्रमा उद्यमशिलता अभिवृद्धि गर्न अभियान्ताको रुपमा कार्य गर्ने ।
२. लघुवित्त विपन्नको सहारा तथा दुःखीवाट सुःखी बनाउने भएकोले यसका कमी कमजोरीलाई सुधार गरी संस्थाहरुको संरक्षण गर्ने
३. ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशलिता बृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम ल्याई लागु गर्ने ।
४. लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग
भएर अघि वढ्ने
५. हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने र नियमित अन्तरकृया गर्ने साथै हरेक संस्थाले फिल्डमा काम गर्ने आफ्ना कर्मचारीको मनोवल उच्च राख्न असल कर्मचारीलाई वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था गर्ने ।
६. सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने । ७. हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरुले सदस्यहरुसंग असल व्यवहार गर्ने ।
८. सदस्यको छोरा छोरीहरुलाई बैदेशिक रोजगारीमा जानु भन्दा स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने ।
९. सदस्यहरुलाई वित्तीय सेवाको अलवा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने । १० सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने ।
११. संस्थाले सदस्यहरुलाई वित्तीय सूचना नियमित रुपमा प्रदान गराउने र सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी वन्ने ।
१२. लघुवित्तको मर्म अनुसार ग्राहक सदस्यहरुले सानो कर्जाबाट व्यवसाय प्रारम्भ गर्ने र अनुभव प्राप्त गरेपछि कर्जाको आकार बढाउदै लाने ।
१३ ग्राहक सदस्यहरुले एउटै व्यवसायमा सिमित नभईकन बहु व्यवसाय गरी आम्दानीको श्रोत बढाउने १४. सदस्यहरुले नियमित वचतवाट पुँजी निर्माण गरी आर्थिक रुपमा सक्षम बन्ने ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]