विराटनगर, भाद्र १ गते । नेपाल यूवा परिषदले प्रदेश नं. १ मा भर्चूअल प्रदेश यूवा सम्मेलन २०२० को आयोजना गर्ने भएको छ ।
नेपाल यूवा परिषद प्रदेश नं. १ ले जानकारी गराए अनुसार यदी भदौ १९ र २० गते भर्चुअल युवा सम्मेलन हुने भएको छ ।
गतवर्षहरुमा प्रदेश नं. १ को १४ वटै जिल्लाका यूवाहरुलाई एक ठाउँमा भेला गरी सम्मेलन को आयोजना गर्ने गरिन्थ्यो । तर यसपालि कोरोना भाइरसको महामारीले एकठाउँमा जम्मा भई सम्मेलन नहुने भएकोले भर्चुअल रुपमा सम्मेलनको आयोजना गर्न लागेको छ ।
जुम एपको मध्यमबाट गर्न लागिएको सो सम्मेलनको लागि सहभागित दर्ता फारम श्रावण ३२ गतेबाट खुलेको छ । अनलाइनबाट भर्न सकिने उक्त फारम प्रदेश १ का १४ जिल्लाका युवाहरुले मात्रै भर्न पाउने छन् । परिषदले उक्त सम्मेलनमा सहभागी हुने युवा १८ वर्ष पुरा भइ २९ वर्ष ननाघेको हुनुपर्ने जानकारी दिएको छ ।
भर्चुअल सम्मेलनमा खासगरी ‘सुशासन’, ‘निर्वाचनमा युवाको भुमीका’, ‘जालवायु परिवर्तन’ र ‘ कृषि उद्यमशीलतामा युवा’ प्राथमिकताका साथ उठाउने भएको छ । विभिन्न वक्ताले ति विषयवस्तुमा रहेर आफ्ना विचार प्रस्तुत गर्ने छन् । सहभागी हुन चाहने युवाहरुले सहभागीता दर्ता फारम भदौ ९ गते सम्म भरी सक्नुपर्ने छ ।
ेलन

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]