बिराटनगर, माघ १५ गते । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र डाईलक्स डि.सी. सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलील तीनीहरुलाई .पक्राउ गरका हुन ।
पक्रउ पर्नेमा मेचीनगर नगरपालिका–६ बाट स्थानीय ३० बर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित शनिवार पक्राउ गरेको थियो ।
त्यसैगरी झापाकै दमक नगरपालिका–१ को कुमाल चोकमा रहेको एक होटलमा लागुऔषध ब्राउनसुगरको बिक्रीबितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवारे ४ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका–४ का ३२ बर्षीय बिर बहादुर लिम्बु, दमक–३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका–३ घर भई दमक–९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ९ ग्राम लागुऔषध ब्राउसुगर र ४ थान मोवायल बरामद गरेको थियो ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ बाट धरान–१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका–७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित शनिवार पक्राउ गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]