विराटनगर, माघ १४ गते । मोरंगको कटहरी गाउँपालिकामा जारी वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा विराटनगरको होराईजन क्रिकेट क्लबले विजय हासिल गरको छ
कटहरी गाउँपालिका नजिकै पूर्वको फिल्डमा भई रहको प्रतियोगिता अन्र्तगत दोश्रो दिनको खेलमा झापा बिर्तामोडको बुस्टन क्रिकेट एकेडमीलाई २४ रनले पराजित गर्दै होराईजन एकेडमीले जित हात पारेको हो । पहिलो ब्याटिङ गर्दै होराईजनले ९ बिकेटमा ११६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको झापाको बुस्टनले निर्धारित २० ओभरमा अल आउट हुँदै ९२ रन मात्र बनाउन सकेको थियो । खेलको म्यान अफ दी म्याच बिजयी टिमका कपिल मण्डल घोषित भएका छन । उनले ३९ बलमा ५३ रन बनाएका थिए । जित संगै होराईजनले सेमिफाईनलको यात्रा तय गरेको छ ।


उक्त प्रतियोगितामा विराटनगरको ४ टीमा एच.सि.सि.ए., वाई.आर.सि.सि., एम.सि.सि.ए. र वि.सि.सि.ए, झापाको बोस्टन, सुनसरीको सुनसरी–११ र कटहरीको कटहरी मोरंग र जनज्योती यूवा क्लव गरी ८ वटा प्रदेशस्तरिय टिमले सहभागिता जनाईरहेका छन ।
कटहरीको ३ नम्बर वडा समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको सम्बन्धित वडाका वडाध्यक्ष जदुलाल कामतले जानकारी दिदै अगामी दिनमा पनि खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने वहांले वताउनु भयो ।
माघ १३ देखि शुरु भएको वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगितको फाईनल खेल २१ गते भई प्रतियोगिता सम्पन्न हुने छ । सो प्रतियोगितमा प्रथम र द्धितीय हुनेलाई सिल्ड र ट्रफि प्रदान गर्नुका साथै अन्य उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]