विराटनगर, माघ १४ गते । मुलुकमा विकास, समृद्धि र शुशासन ल्याउनको लागि पार्टीहरुको नेता तथा कार्यकर्ताहरु बीच सहकार्य गरी अर्जुन दृष्टी बनाउनु पर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले वताउनु भएको छ ।
उक्त कुरा कटहरी गाउँपालिकाले आयोजना गरेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमललाल मोदीको स्वागत तथा सम्मान कार्यक्रममा वताएका हुन् ।
लोकतन्त्रमा निर्वाचन हुन्, निर्वाचनमा हारजीत हुनु स्वभाविक प्रक्रिया भएको भन्दै निर्वाचित भएर आई सकेपछि पार्टी गत नभई आमजनताको चाहना वमोजिम विकास निर्माणका कार्य गरी निर्वाचन क्षेत्र मात्र होईन समग्र रुपमा मुलुकमा नै विकास र समृद्धि ल्याउन आवश्यक रहेको वताए ।
मुलुकमा स्थानीय तह, प्रदेश र संघमा भ्रष्टाचार भई रहको सो भ्रष्टाचार गर्न कर्मचारी नै मुख्य भुमिकामा रहको, राष्ट्रसेवक कर्मचारी भएको नाताले भनसुनको आधारमा हुने कामको अन्त गरी आमजनताको आवश्यकताका आधारमा काम गर्न कर्मचारीहरुलाई समेत निर्देशन दिएका छन् ।
कर्मचारी सरुवा, वढुवामा अनियमित वढेको भन्दै त्यसलाई विधी वनाएर अगाडी वढ्न अध्ययन गरी रहेको भन्दै संघिय निजामती सेवा ऐन चाडै टेवुल गर्ने वताए । अहिले मन्त्रमालयको काम कारवाहीको वारेमा अध्ययन गरी रहको छु त्यसपछि विधी विधान विपरीकार्य गर्ने प्रति एक्सनमा उत्रिने मोदीको दावी छ ।
उक्त कार्यक्रमा कटहरी गाउँपालिका कार्यपालिका सदस्य श्याम प्रसाद मण्डलले स्वागत मन्तव्य राख्दै गाउँमा भएका विकास निर्माण र वांकी रहको कामको वारेमा चर्चा गरेका थिए । त्यसगरी नेकपा (एमाले) को तर्फवाट सुभाष सरदार, नेकपा माओवादीवाट किशोर कुमार पाण्डे, नेपाली कांग्रेसको तर्फवाट गोकुल भट्टराई, निर्वतमान सविधान सभा सदस्य विद्यानन्द चौधरी लगायतले कटहरी गाउँपलिका भित्र भएका अधुरो कामहरुलाई पूरा गर्न सहयोगको लागि आग्रह गरका थिए ।
कटहरी गाउँपालिका भित्र रहको कृषि हाट, नदीको तटवन्ध, सडक निर्वाण, शिक्षा, पर्यटन स्वास्थ्य लगायतमा भई रहेको पूर्वाधार निर्माणका कार्यलाई अवगत गराउँदै सोलाई पुरा गरी कटहरी गाउँपालिकालाई नमुना वनाउन पहल गर्न आग्रह गर्दै कार्यक्रमको अध्यक्षता गरी रहनु भएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले कार्यक्रम समापन गरका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]