विराटनगर, माघ १० गते । आन्तरिक पर्यटनको बृद्धि हुने एवं समाजमा स्पोर्ट मेन स्प्रिट को पनि विकास हुने सोचका साथ विराटनगर राउण्ड टेवल नं. ५ ले नौलो प्रकारको कार र्याली गर्ने भएका छ ।
उक्त कार ¥याली ३५ देखि ४० लाखको लगानीमा फागुण २६ गते आयोजना गर्ने कुरा टेवल नं. ५ का अध्यक्ष टेबलर ऋषभ दहालले पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो । धेरै वर्षदेखि यस क्षेत्रमा कार ¥याली नभएको र समाजमा यस्ता कार्यक्रमको आवश्यकता महसुश गरी नौलो किसिमको टाईम स्पीड डिस्टेन्स (टी एस डी) अर्थात समय, गती र दुरी तिनै कुरालाई मध्य नजर राखेर कार ¥याली गर्ने हुने दहालले वताए ।
करिब १०० कारको सहभागिता हुने सो कार र्याली बिराटनगरबाट सुरु भई मोरंग, सुनसरी एवं झापा लगायतका जिल्लाहरुमा घुमेर बेलुकी ६ बजे सबै सहभागीहरुका साथ सांगीतिक कार्यक्रम गरेर विराटनगरमै समापन र्याली संयोजक टेबलर विवेक मालपानीले जानकारी गराउनु भयो ।
यो भन्दा अघि गरिएको हुनडाई कार र्यालीका संयोजक तथा यस र्यालीका प्रमुख सल्लाहकार राकेश सुराना र हिमालयन कार ¥यालीका आयोजक र यस र्यालीका प्रमुख सल्लाहकार सुनिल धनावतको अनुभवलाई सम्मान गर्दै यस र्यालीलाई सफल बनाउन विशेष जिम्मेवारी दिएको छ ।


त्यसैगरी सम्पूर्ण र्यालीलाई व्यवस्थापन गरी र्यालीमा सहभागीहरुलाई एउटा भिन्न अनुभूति दिन भारतको कोलकत्ता स्थित बेन्गाल मोटर स्पोर्ट्स क्लबबाट संयोजक सन्दिप सरदार तथा वहाको टोलि सहयोगी संस्थाको रुपमा आबद्ध हुने भएको छ ।
कार र्यालीमा सहभागी मध्ये प्रथम हुनेलाई २ लाख ५० हजारभन्दा बढि रकम बराबरको यूरोप भ्रमण, दोस्रो हुनेलार्ई स्कुटर वा मोटर वाईक र तृतिय हुनेलाई इलेक्ट्रोनिक विदुतीय साइकल दिने योजना रहेको आयोजकले वताए ।
राउण्ड टेबल नं ५ ले शैक्षिक सुधार अन्तर्गत विद्यालयहरुको स्तरनोति, पाठ्य पुस्तक एवं पाठ्य पुस्तिका वितरण, शुद्ध खाने पानिका लागि मेशिन जडान, बिद्यार्थीहरुलाई बिद्यालय आउन प्रेरित गर्न खाजाको व्यवस्था, न्यानो कपडाको व्यवस्था एवं छात्रवृत्ति वितरण जस्ता बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
त्यसैगरी समाजमा हुने लैंगिक एवं बाल हिंसालाई निरुत्साहित पार्न राम्रो छुवाई, नराम्रो छुवाई नामक समाज जागरुक कार्यक्रम, सांकेतिक भाषामा राष्ट्र गानको पुनः निर्माण जस्ता दर्जनौ समाजिक कार्यहरु गर्दै आएका छन् । र्यालीमा स्पोन्सरहरुवाट उठेका रकमहरु समाजिक कार्यमा खर्च गर्ने भएको छ ।
कार र्याली सम्वन्धी गरीएको पत्रकार सम्मेलनमा टेवल नं. ५ का सचिव सीए पियूस लुनिया जनसम्पर्क अधिकृत सीए अश्विनी बंशल टेवलर साकेत मुरारका टेवलर पंकज दुगडको सहभागीता रहेको थियो । शिक्षा क्षेत्रमा काम गरिरहेको टेवलले कार ¥यालीको आयोजना गर्न लागेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]