बिराटनगर, पौष २६ गते । झापा, मोरङ र सुनसरी जिल्लाका सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, ईलेक्ट्रोनिक्स समानहरु, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ ।
तिन वटै जिल्लाका सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट अन्दाजी १ लाख ७३ हजार रुपैयाँ बराबरको अबैध समान बरामद गरेको हो ।
त्यसैगरी मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको र झापा जिल्लाबाट १ लाख १५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको छ ।
बरामद भएका अवैध सामग्रीहरु आवश्यक कारवाहीको सम्बन्धीत भन्सार कार्यालयहरुमा बुझाईएको छ
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]