विराटनगर, पुस २४ गते । माेरंग र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अबैध समानहरू वरामद गरेका छन ।
जिल्ला प्रहरी कार्यालय मोरङले मोरङका बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ ।
मोरङ जिल्लाका सिमावर्ती क्षेत्रका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले खाध्यान्न, लत्ताकपडा, हार्डवयरको सामान, कस्मेटिक लगायतका अन्दाजी ७ लाख ३३ हजार १ सय ८० रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
बरामद भएका सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय बिराटनगर बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले बिभिन्न किसिमका अबैध समानहरु बरामद गरी भन्सार कार्यालय बुझाएको छ।
जिल्लाका बिभिन्न सिमावर्ती क्षेत्रबाट अबैध रुपमा चोरी निकाशी पैठारी भएका मदिरा, बिभिन्न किसिमका खाद्यान्न, लत्ता कपडाहरु गरी अन्दाजी ९ लाख ८१ हजार बराबरको समानहरु बरामद गरेको हो ।
बरामद भएका समानहरु आवश्यक कारवाहीको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]