विराटनगर, पोष १५ गते । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरले १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेका छन् ।
साधारण सभाका प्रमुख अतिथी नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनका प्रदेश १ अध्यक्ष यूवराज कार्की (पर्वत¬) ले दियोमा वत्तीवाली साधारण सभाको खुल्ला सत्रको उद्घाटन गर्दै अन्य पेशाहरु जस्तै लेखापढी कानून व्यवसायीले गर्ने कामहरु पनि डिजिटल हुँदै गएकोले सोही अनुसार आफूलाई पनि समाय अनुसार दक्षता अभिवृद्धि गर्दै लैजानु पर्ने वताएका छन् ।
आफ्नो पेशागत दक्षतालाई समय अनुकुल परिवर्तन गरी व्यवसायीक मर्यादामा रही व्यवसायलाई पनि आधुनिकतामा ढाल्दै अर्ध न्यायिक निकायहरुमा भईरहको विकृतीलाई हटाउन हामी सम्पूर्ण लेखापढी कानुन व्यवसायीहरु एकजुट भई विकृती र विसंगतीहरुलाई निर्मूल पार्न अग्रसर हुनपर्ने वहाँको भनाई थियो ।


त्यसैगरी एशोसिएसनका केन्द्रिय सदस्य हरि प्रसाद पोखरेलले भने ठूलो ठूलो कागजमा लेखेर रजिष्ट्रेसन पास गर्नेै वेला कसैको पनि हातमा मोवाईल, इन्टरनेट थिएन । त्यसैले घन्टौ हातले लेख्नु पर्ने वाध्यता थियो । त्यो जमाना गयो अहिले सवैको हातमा मोवाईल, इन्टरनेट रहको छ । पहिले जस्तै ढढ्ढा पल्टाउनु पर्दैन एउटा वटम थिचे पुग्छ । यो भनेको पेशामा आधुनिकता आएको हो त्यसैले सोही अनुसार आ–आफ्नो क्षमता अभिवृद्धि गर्दे आफूलाई पनि परिवर्तन गर्देै जानुपर्ने वताए ।


सोही कार्यक्रममा लेखापढी कानून व्यवसायीमा आवद्ध सदस्यहरुको सन्तानले सामुदायिक विद्यालयवाट सबभन्दा वढी अंक ल्याउने एसइइ उर्तिण गर्ने रमेश कुमार यादवको छारी आरती कुमारी यादवलाई उत्कृष्ट विद्यार्थी प्रमाणपत्र र नगद सहित सम्मान गरेका थिए ।
त्यसैगरी नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरका सदस्यहरु मध्ये सबभन्दा वढी लिखत पास गर्ने क्रमश १० जनालाई डायरी र कलम उपहार दिएर सम्मान गरेका थिए ।
उक्त साधारण सभा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरका अध्यक्ष कंचन न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]