विराटनगर, श्रावण ३१ गते । वीपी प्रतिष्ठान धरानमा कार्यरत दुईजना स्टाफ नर्समा कोरोना संक्रमिण पुष्टी भएको छ । बिरामीको उपचारमा संलग्न भएका दुबै जनाको स्वाब संकलन गरी परीक्षण गर्दा कोराना पुष्टि भएको हो ।
प्रतिष्ठानको एमआईसीयुमा कार्यरत दुबै स्टाफ नर्समा कोरोना देखिएपश्चात प्रतिष्ठानकै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानको मेडिसन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी दिए ।
प्रतिष्ठानको एमआईसियुमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजिटिभ देखिएपश्चात उनीहरुमा सरेको अनुमान गरिएको छ । उपचाररत महिलामा कोरोना देखिएपश्चात कन्ट्रयाक ट्रेसिङका आधारमा दुबै नर्सहरुको स्वाब संकलन गरिएको थियो ।
त्यसैगरी दुई जना डाक्टरहरुमा यस अगाडी नै कोरोना देखिएपछि उनीहरुपनि उपचारका लागि कोभिड अस्पताल भर्ना भईसकेको छ । सुनसरीमा हालसम्म २ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]