विराटनगर, पुस ११ गते । मोरङको बिराटनगर महानगरपालिका वडा नं. १६ र १७ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल तर्फ अवैधरुपमा ल्याउदै गरेको बिभिन्न प्रकारका सामानहरु बरामद गरेको छ ।
आईतवार राती इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरबाट खटि गएको गस्ति टोलीले बिभिन्न प्रकारका स्टकोटको कपडा, झुल, गलबन्दी, जुत्ता, चप्पल, मोजा, ग्याँस चुल्होको सामान, पुजाको सामग्री, मोटर पार्टस, प्लास्टिकको कुर्सी, रुद्राक्षको दाना २ बोरा लगायत करिव ७ लाख ४७ हजार बरावरको सामग्रीहरु बरामद गरेको थियो । प्रहरी गस्ति टोलीलाई देखेर सामानहरु फाली मानिसहरु फरार भएका थिए ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ति टोलीले बिराटनगर वडा नं. १४ र १५ स्थितबाट अबैधरुपमा भन्सार छली गरी ल्याउदै गरेको बिभिन्न प्रकारका लत्ता कपडा र खाधान्य समेत गरी करिव १ लाख ८० हजार बरावरको सामन बरामद गरेको थियो ।
इलाका प्रहरी कार्यालय मायागंजबाट खटिएको गस्ति टोलीले १५ हजार बरावरको रेडिमेड कपडा र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको गस्ती टोलीले करिव २२ हजार बरावरको खाध्यान्नका सामग्री बरामद गरेको थियो ।
उक्त बरामद भएका सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]