विराटनगर, श्रावण ३० गते । प्रदेश नं. १ को मोरंग जिल्लाको पुराना सदरमुकाम रंगेली नगरपालिकामा आज २८ जना कोरोना संक्रमित थप भएसंगै कुल संक्रमितको संख्या ९० पुगेको छ ।
थपिएको कोराना संक्रमित मध्ये १९ जना पुरुष र ९ जना महिला रहेका छ भने रंगेली वडा नं. ८ को १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भई सकेको छ ।
२८ संक्रमितमध्ये रंगेलीको वडा नं. ७ मा ९ जना पुरुष र ८ जना महिला रहेको छ । समाजिक विकास मन्त्रालयका अनुसार रंगेली वडा नं. ७ मा यसअघि पनि २३ जना कोरोना संक्रमित पुष्टी भई सको छ ।
आज रंगेली नगरपालिका वडा नं. ६ मा ३ पुरुष १ महिला र वडा नं. ३ र ४ मा १÷१ जना संक्रमण पुष्टि भएको छ । बाँकी ५ जना संक्रमित पुरुषको रंगेली मात्र लेखिएको छ । वडा नं. खुलेको छैन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]