संजय राजवंशी
कटहरी, पौष ३ गते । सार्बजनिक वहुउद्देश्यीय सहकारी संस्था को छैठौँ वार्षिक साधारणसभा सम्पन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि कटहरी गाउँपालिकाको अध्यक्ष देवराज चौधरीले दिप प्रज्वलन गरी उधघाटन गर्दैै सहकारी विनियम भन्दा बाह्र गएर काम नगर्न अनुरोध आग्रह गरेका थिए ।
त्यसैगरी कटहरी गाउँपालिकाको उपाध्यक्ष सीता देवि राजवंशी भने कटहरीको यस सार्वजनिक बहुउद्देश्यीय ले ऋण प्रवाह गरी कटहरी वासीलाई जीवन उकास्ने एउटा सरल माध्यम भएको बताए ।
सो संस्था २०७३ साल डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भइ ६ वर्ष पूरा भएको संस्थाका संस्थापक तथा सचिव संजय राजवंशीले बताए । सार्बजनिक कृषि सहकारी संस्था लि. लाई बहुउद्देश्यीय सहकारी संस्थामा परिवर्तन गरि सार्बजनिक वहुउद्देश्यीय सहकारी संस्था नाम हुन आएको संस्थाका कृषि समिति संयोजक बिमल राजवंशी ले जानकारी गराए ।
मोरङ क्षेत्र न.४(क) प्रदेश सभा सदस्य जयप्रकाश चौधरि, सहकारी सार्बजनिक बहुउद्देश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष मनिष राजवंशी, रासविसका पुर्व कार्यवाहक अध्यक्ष तथा राजवंशी संस्कृति सङरक्षण तथा विकास केन्द्र का अध्यक्ष प्रशुराम राजवंशी, राजाधनपाल बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल सपन राजवंशी, कार्यपालिका सदस्य तथा समाजसेवी श्याम मण्डल लगायत समाजका बुद्धिजिवि समाजसेवीहरुको उपस्थिति रहेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]