विराटनगर, पुस १ गते । राष्ट्र र समाजप्रति समर्पित यूवा तयारी गर्न मुलुकको लागि आवश्यक रहेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, प्रदेश १ र मधेश प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले वताउनु भएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको केन्द्रीय कार्यकारिणी समितिको मंसिर २२, २३ र २४ गते भक्तपुरमा सम्पन्न बैठकले पारित गरेको प्रस्तावहरुको बारेका जानकारी दिने उदेश्यले नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा गरेको पत्रकार सम्मेलनमा सो कुरा वताएको हो ।
बैठकमा देशका विभिन्न जिल्लाबाट परिषद्का केन्द्रीय स्तरका पदाधिकारी र सदस्ययहरूको उपस्थिति रहेको पहिलो दिन मसिर २२ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह प्रमुख आतिथ्यतामा बैठकको औपचारिक उद्घाटन भएको जानकारी गराए ।
संगठनात्मक समीक्षा अन्तर्गत संगठन विस्तार, प्रशिक्षण वर्ग, एकाइ, क्याम्पस कार्य आदिको समीक्षा सम्पन्न भएको वताउँदै आर्थिक वर्ष ०७९÷०८० मा ५८ जिल्लामा संगठनात्मक प्रशिक्षण सम्पन्न भइसकेका र बाँकी जिल्लाका प्रशिक्षण पौष महिनामा सम्पन्न गर्ने योजना बैठकमा तय भएको वताए ।
देशभर सम्पन्न रचनात्मक कार्यक्रम, प्रशिक्षणात्मक गतिविधि, सेवा कार्य राष्ट्रिय कार्यक्रम आदिको बारेमा चर्चा तथा वृत्त प्रस्तुत भएको थियो । बैठकमा परिषद्का विविध आयाम कार्य, कानुन विद्यार्थी कार्य, पत्रकारिता क्षेत्र कार्य, सेवा कार्य, छात्रा कार्य, जनजाति विद्यार्थी कार्य आदि विषयको बारेमा गहन चर्चाको साथमा आगामी योजना तय भएका थिए ।
बैठकको अन्तिम दिन २४ गते ललितपुरको डी.ए. भी कलेजको सभाहलमा नागरिक अभिनन्दन समारोह सम्पन्न भएको थियो । जसमा नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष अनिल केडिया एवं सचिव शम्भु उप्रेतीले परिषद्ले यस महत्वपूर्ण कार्य काठमाडौं उपत्यकामा सम्पन्न गरेकोमा परिषद्का अध्यक्ष डा. गोपिनाथ कण्डेल एवं महासचिव छितराज न्यौपानलाई अभिनन्दन गरेको पंगेनीले जानकारी गराए ।
उक्त बैठकमा दुईवटा महत्व पूर्ण प्रस्तावहरु समेत परिषद्ले पारित गरका छन् । पहिलो प्रस्तावमा शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य र मौलिक हकमा रहेको निःशुल्क शिक्षाको प्रावधानलाई सुनिशिचत गर्न र दोस्रो प्रस्तावमा यूवाहरुमा बढ्दो दूव्र्यसनीको प्रभाव र सिमाक्षेत्रमा बढिरहका घुसपैठको नियन्त्रणका लािग सरकारलाई गम्भीर हुन रहेका छन् ।
बैठकमा निर्णय गरिएका महत्वपूर्ण कार्यक्रमहरू ः
– बैठकबाट शैक्षिक र समसामयिक विषयमा दुईवटा महत्वपूर्ण प्रस्तावहरू पारित भएका थिए ।
– पौष १ र २ गते देवघाटधाममा संस्कृत विद्यार्थी सम्मेलन सम्पन्न हुनेछ । देशभर पौष ३ गते देखि १० गतेसम्म बृहत सदस्यता अभियान सञ्चालन गरिनेछ । फागुन ५ र ६ गते राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न हुनेछ जसमा आधारभूत तहदेखि उच्चतहसम्मको शिक्षाको बारेमा चर्चा तथा नीतिगत छलफल हुनेछ ।
– देशका २५ स्थानमा जनजाति विद्यार्थी बैठक सम्पन्न हुनेछन् ।
– प्रदेश स्तरमा माघ महिनाभित्र नगर सचिव बैठक सम्पन्न हुनेछन् ।
– आगामी चैत्र १८, १९ र २० गते धनगढीमा १२०० जना प्रतिनिधिहरूको सहभागितामा नवौं राष्ट्रिय अधिवेशन सम्पन्न हुनेछ ।
– अर्को केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा सम्पन्न हुनेछ । देशभर विभिन्न समयमा विद्यार्थीका लागि रचनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पनन हुनेछन्
– माघ महिनामा काठमाडौमा राष्ट्रिय मिडिया कार्यशाला सम्पन्न हुनेछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]