विराटनगर, मंसिर १५ गते । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले अगामी माघ १९ गते देखि २८ गते सम्म गर्न गई रहेको सीएनआई एक्सपो प्रदर्शनिलाई भव्य बनाउन परिसंघका अध्यक्ष भीम घिमिरेको नेतृत्वमा काठमाण्डौमा रहेको टोलीले विभिन्न चरणका छलफल गरी समझदारी समेत गरेका छन् ।
नेपाल उद्योग परिसंघ केन्द्रिय कार्य समितिमा आयोजित प्रथम चरणको समारोहमा परिसंघका बिशिष्ट पदाधिकारीहरु लगायत बिभिन्न उद्योगिहरु संग एक्सपोका सम्बन्धमा छलफल गरि प्रायोजकका साथै र स्वदेशी औद्योगिक उत्पादन हरुलाई बिशेष प्राथमिकतामा राखेर प्रदर्शनि भब्य बनाउने समझदारी बनेको छ र यसमा कृषि , उद्योग बाणीज्य र पर्यटन मंत्रालयको समेत सहभागिता गराउने सहमति गरिएको छ ।
त्यसैगरी घरेलु साना उद्योग, कृषि उद्योग हरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्यमा सहुलियत न्यनतम शुल्कमा सटर उपलब्ध गराउन सहमति भएको छ । नेपाल उद्योग परिसंघ केन्द्रिय सचिवालयमा नै काठमाण्डौ स्थित बिभिन्न मिडिया हाउस र पत्रकारहरु लाई एक्सपोका
बिशेषताहरुका बारेमा जानकारी गराइएको थियो ।
एक्सपो सम्वन्धमा संयोजक राजेन्द्र कुमार राठी, सह संयोजक गिरिजा सारडा ले जानकारी गराउनु भएको थियो । उक्त विभिन्न चरणको छलफल र समझदारी कार्यक्रममा सीउनआई का केन्द्रीय अध्यक्ष बिष्ण्ुा कुमार अग्रवाल, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी संयोजक लक्ष्मी प्रसाद सुबेदी महानिर्देशक दिपकराज जोशी लगायत बरिष्ठ पदाधिकारीहरु उद्योगिहरु लगायतको उपस्थिति रहको थियो ।
सीएनआईको मुख्य विशेषताहरु
१. अनुकुल मौैैषम जाडो या गर्मि नहुने
२. प्रदर्शनि स्थल सबैलाई पायक पर्ने र शहरको मध्य भाग बिराटनगर २ स्थीत शकरपुर मार्गमा
रहेको ।
३. सुरक्षीत र सुरक्षा निकायहरुको सजिलै पहुचमा रहेको ।
४. स्वदेशि उद्योग र उत्पादनलाई प्रोत्साहन गरिने ।
५. मुलुकका बिभिन्न स्थान तथा बिदेशमा उत्पादन हुने कृषि तथा औद्योगिक उत्पादनका साथै
आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी तथा बिक्री, कृषि उत्पादनका बस्तु सेवाको
प्रबर्धन गर्ने र स्थानिय उत्पादनलाई बजार ब्यबस्थापन का लागी महत्वपुर्ण अवसरको रहने ।
६. हरेक दिन बिबिध मनोरन्जन र सांस्कृतीक कार्यक्रमहरु लाइभ कन्सर्ट तथा फनपार्क समेत
समाबेश गरिने युवा र बाल बालीकाहरुको लागी आकर्षण तथा सकारात्मक उर्जाको बिकास हुने
।
७. अन्तराष्ट्रिय तथा रास्ट्रीय प्रदर्शनी स्टल रहने ।
८. अटोमोबाइल ,घरेलु उधोग , मोबाइल , इलेक्ट्रोनिक, पेन्ट्स , वेकरी , रोजगार डेस्कहरु, टक सो
तथा सेमिनार हरु, कृषि आधुनिकीकरण, गार्मेन्ट्स शिक्षा स्वास्थ्य सम्वन्धी प्रदर्शनी ।
९. ब्यापार प्रबर्धन संगै पर्यटन बिकाश र सम्भावनाहरुको खोज ।
१०. ब्रान्डीङ्ग सहितका सेल्फि बुथ हरु रहने
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]