विराटनगर, मंसिर १४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएका छन ।
केही सडक स्तरोन्नतीकाे काम शुरू भएकाे र केहीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी गराउनु भयाे ।
अध्यक्ष पाेखरेलका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । वडा नं. ८ काे जय नेपाल मार्गको नाला र कालोपत्रे, छायाँ मार्ग कालोपत्रे, बाल गोपाल मार्ग नाला र ग्राभेल, देवकोटा चौक देखि सिंघिया खोला सम्मको नाला निर्माण, शंकर मार्ग नाला निर्माण, मधुवन मार्ग नाला निर्माण र राधाकृष्ण मन्दिर जाने सडकमा नाला निर्माणको प्रकृया शुरु भएको छ ।
सडकको स्तरोन्नतीसँगै सडक अतिक्रमण गरि बनाईएका संरचनाहरु पनि हटाउन शुरु गरिएको छ । ‘सडक मापदण्ड भित्र बनेका संरचना हटाउनु पूर्व सूचना दिएर हटाउन शुरु गरिउको छ।’
वडाक्षेत्र भित्रका सडकसँगै निर्माण भईरहेका भवनहरुलाई पनि चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी काम भईरहेको छ।
भवनहरूमा वडा कार्यालयको भवन, शुशिल कोइराला फाउण्डेसनको भवन, बलुवाई सामुदायिक भवन र जेष्ठ नागरिक पार्कको निर्माण कार्य चालु आर्थिक वर्ष भित्रमा सकिने अध्यक्ष पाेखरेलकाे भनाई छ ।
लामो समयदेखि अलपत्र अवस्था रहेको पशुवधशालाको निर्माण कार्यलाई पनि चालु आर्थिक वर्ष भित्रमा गति दिई। बधशाला निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी समेत भई सकेकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]