विराटनगर, मंसिर ८ गते । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भाेलिदेखि शुरु हुदैछ ।
प्रदेश १ सरकारले १६ दिन सम्म विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि साे कुरा वताएकाे हाे ।
‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाईने जानकारी दिएको छ ।
प्रदेश सरकार, स्थानीय सरकार तथा सरोकारवाला संघ संस्था र निकाय सवै पक्षबाट १६ दिनभरि अभियान सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयका सचिव बासुदेव दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोली प्रदेशका सवै मन्त्रालयहरुमा १६ दिने अभियान संवन्धि प्रचार सामग्रीहरु राखिने छ । साँझ ५ वजे देवकोटा चौकमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ ।
त्यसैगरी मंसिर ११ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेतो रिवन, फ्लेक्स र ब्रोसर हस्तान्तरण कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।
मंसिर १२ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१ को व्यवस्था संवन्धि फ्लेक्स, ब्रोसर तथा लैङ्गिक हिंसा विरुद्धको अन्र्तक्रिया कार्यक्रम गरिने महाशाखा प्रमुख बरालले बताउनुभयो । सामाजिक संघ संस्था, सरोकारवाला तथा महिला अधिकारकर्मीहरुसगको समन्वयमा जनचेतनामुलक कार्यक्रम, अभिमुखीकरण,समीक्षा, अन्र्तक्रिया र उपलब्धि सम्बन्धि समिक्षा समेत गर्ने गरिने उहाँले जानकारी गराउनु भयाे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]