विराटनगर, कार्तिक २९ गते । मोरंग क्षेत्र नं. ५ प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार परमेश्वर मुर्मु र प्रदेशसभा सदस्य तर्फ ५(क) का उम्मेदवार अनिल कुमार झाको चुनाव चिन्ह हर्न प्रति मतदाताका आकर्षण बढ्दै गई रहेका छन् ।
कुनै पनि पार्टीसंग तालमेल वा गठवन्धन गरी जनताको भावना अनुरुप पहिलो पटक निर्वाचनमा होमिएका जनमत पार्टीलाई नै भोट किन ? प्रश्नावली सहित जनताका घरदैलोमा पुगेका उम्मदवारहरुले जनमत पार्टीलाई विजय गराएमा ‘जनता राल्याउँछौ–१० लाख रोजगारी दिलाउँर्छौ’ भन्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।
हरेक घरमा एक रोजगारी, किसान समस्या समाधान, भ्रष्टाचार मुक्त देश, शिक्षलाई निःशुल्क गुणस्तरीय बनाउन, सर्वसुलभ र निःशुल्क स्वास्थ्य, प्रत्यक्ष लोकतन्त्र, राईट टु रिकल र राईट टु रिजेक्टको लागि, देशको आर्थिक वृद्धि दर १० प्रतिशत पु¥याउन, देशमा आर्थिक क्रान्ति र आमुल परिवर्तको लागि, न्युनतम बिजुली र पानी बिल फ्रि गर्नका लागि, १० करोड वृक्षा रोपनका लागि, डिजिटन सरकार वनाउनका लागि, महिला सुरक्ष र सशक्तिकरणका लागि बैज्ञानिक र दिगो पूर्वाधार विकासका लागि, आइएलओ १६९ कार्यान्वनका लागि जनमत पार्टीलाई अमुल्य मत दिई विजय गराउन आवश्यक रहेको प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार परमेश्वर मुर्मुको भनाई छ ।
प्रनिनिधीसभा र प्रदेशसभा सदस्यका धरै जसो पुरानै पार्टी र पुरानै नेताहरुको उम्मेदवारी रहेकोले पुराना नेताहरुलाई जिताएर पठाए तर फर्केर कहिले पनि जनताका समस्या बुझ्न नआएकोले नयाँ पार्टी र नयाँ उम्मेदवार प्रति आम मतदाताको आकर्षण बढ्दै गई रहका छन् ।
पुराना पार्टी र पुराना नेताहरुप्रति चासो नदिई जातीवाद, नातावाद र पैसावादमा लागेका कारण ती उम्मेदवार प्रति जनताको वितृषण बढेको कारण जनमत नयाँ पार्टी भएको र जनमतका उम्मेदवारहरु नयाँ अनुहार भएकाले जनमत पार्टी जनतको एकमात्र आशाको केन्द्र विन्दु भएकोले मतदात जनमतका पक्षमा हुने प्रतिनिधीसभा सदस्य उम्मेदवार मुर्मुका दावी छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]