हिरालाल साह
बिराटनगर, कार्तिक २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार क.लालबाबु पण्डितले मुस्लिम कम्युनिटी सेन्टर मेरै पहलमा अगाडि बढेकाले सेन्टरको जन्म दाता आफू नै भएको बताएका छन् ।
उक्त कुरा बिराटनगर महानगरपालिका वडा नं. ११ केशलिया रोड स्थित नहर चौकमा चुनावी सभालाई सम्बोधन गर्ते क्रममा वताए ।
पण्डितले भने आफ्नो सांसदिय कालमा साढे चारवर्षे कार्यकालमा ३५० वटा योजना ल्याएको, आफू मंत्री हुँदा बहुबर्षिय योजना अन्तरगत ४८ करोडको सडक नहर पिच ल्याएर ठेक्का लागि सकेको, तराई मधेस समृद्धि कार्यक्रममा २८ अर्व ५० करोडको ९७ वटा प्रोजेक्टबाट काम शुरुवात गरेको, बाढी नियन्त्रण गर्न केशलिया कोरिडोरमा ९ वटा ग्रिन प्रोजेक्ट भित्रियाउन सफल भएको, सामान्य प्रशासन मंत्रालयमा रहँदा इतिहासमै सबैभन्दा बढी कर्मचारी प्रशासनमा लोकसेवामा विज्ञापन गराएर युवाहरुलाई रोजगारिको अवसर प्रदान गरेको बताए ।
त्यसैगरी बिराटनगर महानगरपालिका वडा नं. ६ मा रहेको ब्रम्हथानमा सामुदायिक भवन तथा शलहेश मन्दिरको निर्माणमा बजेट दिएको, बाढीपीडित तथा कोरोनाकालमा राहत बितरण गरेको बताए । तपाईंको सुख दुखमा सधैं साथ दिएकोमा आउने समयमा हाम्रो सरकारले नागरिकता बिधेयक ६ महिनामा पास गराएर प्रत्येक अंगिकृत नागरिकले बंशजको नागरिकता पाउने, बिराटनगरमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जाहेर गर्दै आफ्नो पार्टी एमालेलाई तपाईंको अमुल्य मत दिन आव्हान गरेका थिए ।
सो कार्यक्रममा प्रदेश सभा ६(२) का एमालेका उम्मेदवार पर्शुराम बस्नेतले सम्बोधनको क्रममा युवा नेतृत्वलाई जिताउन जोड दिएका थिए । चुनावी सभामै दर्जनौ यूवाहरु अन्य पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेकाहरुलाई प्रतिनिधीसभा सदस्य उम्मेदवार पण्डित र प्रदेश सभा सदस्य उम्मेदवार बस्नेतले स्वागत सम्मान गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]