विराटनगर, कार्तिक १९ गते । अगामी मंसिर ४ गते हुने निर्वाचानमा मोरंग क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मोरङ जिल्लाको साविक अमाही बरियाती गाविस वडा नं. ३ मा हाल धनपालथान गाउँपालिका वडा नं. २ मा जन्म भई समाज रुपान्तरणको अभियानमा विगत २५ वर्षदेखि लागेको योगेन्द्र मण्डल अहिले चुनावी प्रतिस्पर्धामा लागेका छन् ।
समाजिक रुपमान्तरण अभियानमा देश तथा विदेशमा मान, सम्मान र चर्चा पाएका मण्डल आखिर राजनीतिमा किन भन्न प्रश्न मोरंगको क्षेत्र नं. ५ भरीका आम मतदाताले सोध्ने गरेका छन् । त्यसको जवाफमा मण्डल भन्नुहुन्छ ‘मोरंग क्षेत्र नं. ५ मा धेरै सम्भावनाहरु रहेता पनि यहाँवाट निर्वाचित भएर गएका जनप्रतिनीधिहरु यस क्षेत्रलाई पछाडी परेको अनुभूतिका साथ क्षेत्र नं. ५ मा विकास र समृद्धि ल्याउन राजनीतिक क्षेत्रवाट मात्र सम्भव भएकोले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा लागेको वताए ।


राजनीतिमा किन ? समाजमा रहेको गरिबी, अभाव, बेरोजगारीको अन्त्य गर्न, सुरक्षित, सुदृढ, विकसित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न समाज बनाउन, सरकारी सेवालाई सुशासनयुक्त र न्यायपूर्ण बनाउन, लगायतका मेरा सपना र एजेन्डा पुरा गर्न नीति नियम बनाउने ठाउँमा पुगेर सेवा गर्न राजनीतिमा लागेको वहांको जवाफ छ ।
स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल समाजिक संस्थावाट देश र विदेशमा चर्चा पाएका छन् । नेपाल भरी सयौ यूवाहरुलाई रोजगार दिएका छन् । समाज रुपमान्तरण गर्न विद्यालय, अस्पताल संचालनमा ल्याएका छन् । तर पनि एउटा निर्वाचन क्षेत्रमा विकास र समृद्धि ल्याउन राजनीति नै भएकोले स्वतन्त्र उम्मेदवारी दिएर पाँच वर्ष स्वतन्त्र रुपमा रही जनताको सेवा गर्ने प्रतिवद्धता गरेकोले आममतदाता उत्साहित भएको स्थानीयहरु वताउँछन् ।


क्षेत्र नं. ५ मा प्रतिनिधीसभा तर्फ एमालेको समर्थनमा जनता समाजवादी पार्टीवाट राजकुमार यादव र सत्ता रुढ गठवन्धनवाट माओवादी केन्द्रवाट शिव कुमार मण्डल (केवट) उम्मेदवार रहेका छन् । यी दुवै उम्मेदवारको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसंगै भएकोले आममतदाता पार्टीहरुका उम्मेदवारसंग दिक्क भएर नयाँ अनुहारको खोजिमा रहेको मतदाताहरु मण्डललाई मतदान गरी क्षेत्र नं. ५ मा नयाँ इतिहास रचने स्थानीयको दावी छ ।
मण्डलले मतदाताहरुका घर दैलोमा पुगरे मत माग्ने र स्थानीय मतदाताहरुको समस्याहरु समेत संकलन गर्ने गरेकोले अझ मतादातहरु उत्साहित भएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]