काठमाडौं, कार्तिक १८ गते । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
काठमाण्डौ जिल्ला अदालतको आदेश आउन साथ लामेछाने जेल चलान भएको छ । नाबालिग बलात्कार अभियोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै जेल चलान भएको हो ।
काठमाडौं जिल्ला अदालतमा सोमबार दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले आदेश आएसंगदै केन्द्रीय कार्यालय जगन्नाथदेवल पठाइने भएको छ । गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको एक होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको छ । सन्दीप विरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता गराएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]