विराटनगर, कार्तिक १७ गते । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
बिहीबार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले सो कुरा वताउनु भएको हो । आवधिक निर्वाचन कसैको जितहार भन्दा पनि लोकतन्त्रको जीतका रूपमा हुने बताउँदै मन्त्री कार्कीले लोकतन्त्रलाई विजयी बनाउनका लागि सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिनु भयो ।
‘यो कसैको जितहारको कुरा हुँदैन । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउँदछ । उहाँले भन्नुभयो, जनताले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउनु पर्छ ।’ मन्त्रीकार्कीले प्रदेशका संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउन निर्देशन दिँदै भय रहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले प्रदेशको सुरक्षा स्थिति तथा योजनाका बारेमा ब्रिफिङ गराएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]