विराटनगर, कार्तिक १४ गते । जिल्ला झापा दमक नगरपालिका वडा नं.–१० आमबाडी बस्ने बर्ष १४ को दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारण छठ पूजाको दिन छुरा प्रहार गरी घाईते वनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, वानडाँडा बस्ने सन्देश खवास, विकास तामाङ, पानी ट्यांकी बस्ने मन्जिल माझी, वडा नं.–७ तरूण चौक बस्ने सपन खत्री रहेका छन् ।
घटनाको विवरण अनुसार जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.–७ स्थित मौवा खोलामा छैठ मेलामा छुरा प्रहार गरी घाईते बनाई स्थानिय गोदावरी अस्पताल उर्लाबारीमा उपचार पश्चात वि.एण्ड.सि.अस्पताल विर्तामोड झापामा उपचारकोे क्रममा मृत्यू भएको हो ।
घटनामा संलग्न ५ जना ब्यक्तिहरूलाई अनुसन्धान पश्चात घटनामा प्रयोग भएको चक्कु सहित जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको । घटनामा संलग्न अन्यको खोजी कार्य भई रहेको मोरंग प्रहरीले जानकारी गराएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]