विराटनगर, असोज ४ गते । सुनको सिक्री, ब्रासलेट लगायतका समान डाका गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
असोज ३० गते राती मोरंग जिल्ला सुन्दरहरैचा नगरपालिका वडन ं४ स्थित पूर्व पश्चिम राजमार्गमा ना. ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी सोही गाडीमा सुति रहेको अवस्थमामा चालक राम बहादुर गिरीको सामानहरु लुटी लगेका थिए ।
सुनको सिक्रि, ब्रासलेट लगायतका सामान डाका गरी लुटी फरार रहेकोमा अनुसन्धान पश्चात निजहरूलाई लुटिएको सामान बरामद सहित असोज ३ गते दुई जानालार्य पक्राउ गरेको थियो ।
पक्राउ पर्ने व्यक्तिहरुमा जिल्ला झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा बस्ने बर्ष १९ को मुकेश खतिवडा, जिल्ला धनकुटा महालक्ष्मी नगरपालिका वडा नं १ लेगुवा बस्ने बर्ष २२ को हेम वहादुर बस्नेत रहेका छन् ।
उनीहरुको साथवाट सुनको सिक्री थान –१, सुनको ब्रासलेट थान–१, मोवाईल थान–१(सेमसुग एफ २२, नगद रू ४५ हजार, एटीएम कार्ड थान–१, राजश्व तिरेको रसिद बरामद गरिएको थियो ।
पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट डाका मुद्दामा ३ (तीन) म्याद थप गरी थप अनुसन्धान भई रहेको, साथै घटनामा संलग्न अन्यको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएका छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]