विराटनगर, कार्तिक ३ गते । म के गर्न सक्छु ? अभियानले ३ दिने उद्घोषण प्रशिक्षण तालिम सम्पन्न गरी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरेका छन ।
सगरमाथा प्रिन्टर सप्लार्यसको आयोजनामा विराटनगर स्थित कात्र्तिक १ गतेदेखि आयोजना गरिएको उद्घोषण तालिम विहीवार सम्पन्न गरिएकोे हो ।
उद्घोषण तथा भाषण तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जिव खनालले शुभकामना मन्तव्य राख्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने र पाएको शिक्षालाई जीवन उपयोगी बनाउनु पर्ने धारणा राखेका थिए ।
त्यसै गरी नेपाल प्रेस यूनियनका पूर्व अध्यक्ष मीनकुमार श्रेष्ठ, मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुन्दर सुतिहार, प्रशिक्षक अरविन्द मेहता, राजु श्रेष्ठ, श्वेता तुलाधर लगायतले शुभकानना मन्तव्य राख्नु भएको थियो ।
सो तालिममा विराटनगर महानगरपालिका, जहदा, धनपालथान गाउँपालिकाका ३५ जना युवाहरु सहभागिता रहेको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई ग्रामीण क्षेत्रका युवाहरुलाई सहभागी गराई तालिमको आयोजना गरिएको म के गर्न सक्छु अभियानकी संयोजक रिको मण्डलले मायाको चिनो प्रदान गरेका थिए ।
आफनो समूह र संस्थाले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी र उपलब्धि मुलक बनाउन तालिमलाई सहयोग गरेकोे सगरमाथा प्रिन्टर सप्लार्यसका प्रबन्धक प्रमोद मण्डलले जानकारी गराए ।
उद्घोषकमा हुनुपर्ने गुणहरु, उद्घोषकले गर्नुपर्ने पूर्व तयारी, कार्यक्रम तालिका तयार गर्ने विधि, माईक्रोफोन र पोडियमको प्रयोग साथै प्रस्तुतीकरण जस्ता विषय बस्तुमा केन्द्रित रहेर प्रयोगात्मक बिधिबाट तालिम दिएको प्रमुख प्रशिक्षक अरविन्द मेहताले वताए ।प्रशिक्षार्थीले तालिमबाट अगाडि उभिएर बोल्ने डर हटेको र बोल्ने कलामा धेरै कुराको ज्ञान प्राप्त गरेको प्रशिक्षक राजु श्रेष्ठको भनाई थियो ।तालिमको आयोजना गरिएको म के गर्न सक्छु अभियानकी संयोजक रिको मण्डललको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]