विराटनगर, असोज १४ गते । जिल्ला प्रहरी कार्यालय मोरंगबाट खटिएको टोलीले विना विल भएको अवैध समानहरु बरामद गरेका छन् ।
जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं.–४ नेमुवा स्थित जिल्ला सुनसरीबाट विराटनगरतर्फ प्रदेश नं. १०२००२ च ४४२४ नम्बरको पिकअप भेनमा विना विलको विभिन्न खाद्यान्न भएको पिकप भेन सहित बरामद गरिएको हो ।
पिकप भेनमा हरियो मटर, भुजिया, दालमोट, फ्राई मटर लगायतका सामानहरू ल्याई रहेको अवस्थामा टोलीले उक्त सवारी साधन सहित अन्दाजी ५ लाख २८ हजारको सामान र सवारी साधन समेत बरामद गरेको हो ।
आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]