विराटनगर, असोज १० गते । अमेरीकी नागरिक साहीन कपलान, अमेरीका निवासी आयूस नेपाल र रेहना नेपालका तर्फवाट जेहेन्दार नेपाली विद्यार्थीको लागि पठाइएको सहयोग वितरण गरेका छन् ।
विराटनगर महानगर पालिका वडा नं. ११ मा रहेको जेष्ठ नागरिक सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी सो छात्रवृति वितरण गरको हो ।
प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय समिति मोरंगका प्रमुख टंक गौतमले विराटनगरका सत्यनारायण माध्यमिक विद्यालय, मिल्स माध्यमिक विद्यालय, पोखरीया माध्यमिक विद्यालय, जनपथ माध्यमिक विद्यालय र सुनसरीको रामसिता माध्यमिक विद्यालय गरी ५ वटा सामुदायिक विद्यालयका १० जेहेन्दार छात्र–छात्रालाई छात्रवृति वितरण गरको हो ।


त्यसैगरी एउटा विराटनगरको निजी विद्यालय वीकेभीएमका १ जना जेहेन्दार विद्यार्थीलाई गरी जम्मा ११ जनालाई जम्मा १ लाख २१ हजारको छात्रवृति प्रदान गरेका छन् ।
उक्त छात्रवृत्ति रकम विराटनगर महानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष तिर्थेन्द्र नेउपानेको खातामा अमेरीकावाट रकम पठाएको थियो । सोही रकम सार्वजनिक कार्यक्रम गरी वितरण गरेका हुन् ।
सो कार्यक्रम पत्रकार एवं पुस्तक व्यवसायी माधव अधिकारीको सभापतित्वमा भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]