विराटनगर, असोज ३ गते । संविधान दिवसको अवसरमा प्रदेश नं १ सरकारले वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेका छन् ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानी देखि बरगाछी सम्म सडकको बिच भाग (डिभाइडर) मा बिरुवा रोपी आठौं संविधान दिवस मनाइएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बिरुवा रोपी कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
केन्द्र सरकारको परिपत्र अनुसार प्रदेश १ सरकारले असोज २, ३ र ४ गते (३ दिन) सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।
वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि हाँसिल गरेको बताउँदै संविधानलाई जोगाएर लान जरुरी रहेको बताउनु भयो ।
वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयं सेवी विद्यार्थी, निजामती कर्मचारीहरुले वनकार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएका २३ सय बिरुवा रोपेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]