विराटनगर असोज ३ गते । सुडी जातिको अधिकार सुनिश्चितत्ताको लागि राज्यले सुडी जातिलाई सूचीकृत गरी राज्यको प्रत्येक अंगमा समान सहभागीता हुनपर्ने वताएको छ ।
उक्त कुरा नेपाल सुडी समाजले विराटनगरमा गरेको तेस्रो केन्द्रिय महाधिवेशनका प्रमुख अतिथी प्रदेश नं. १ मोरंग जिल्लाको जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले वताएको हो ।
नोपल सुडी समाजका केन्द्रिय महाधिवेशलाई दियोमा बत्ती बालेर उद्घाटन गर्दै अध्यक्ष साहले भने सुडी जातिको इतिहास प्राचीन र गौरवपूर्ण रहेको भन्दै सुडी जातीको मुख्य पेशा व्यपार÷व्यवसायी रहेको वताए । सडी जातिलाई नेपाल सरकारले उपेक्षा गरेकै कारण आर्थिक अभाव भएर आफ्नो बालबच्चालाई शिक्षा दिक्षा दिन सकि रहेको छैन ।


जसको कारण मूलधारवाट दुर भईरहेको छ भन्दै सुडी जातिको अगुवाहरुको प्रयास आम सुडी जातिको शैक्षिक, सामाजिक, व्यवसायिक र आध्यात्मिक विकासको लागि हुनु पर्ने भन्दै सुडी जातिका विकासको लागि आफु सक्दो सहयोग गर्ने वताए ।
उत्त महाधिवेशनमा सडी समाजका अगुवा नेताहरु, प्रध्यापकहरु एवं शिक्षकहरु, डाक्टर इन्जिनियर, पत्रकार, उद्योगी, व्यवसायी गृहणी लगायत सुडी जातिवाट स्थानीय तहमा निर्वाचित जन प्रतिनिधीहरुको उलेख्य उपस्थिती रहेको थियो ।
सोही अवसरमा समाजमा विशिष्ठ योगदान प¥याएका दर्जनौ व्यक्तिहरुलाई समेत सडी समाजले सम्मान गरेका थिए । सडी समाजलाई मुलधारमा कसरी ल्याउने, सडी जातिलाई सूचीकृत कसरी गर्ने, सुडी जातिको उत्थान र विकासको लागि कसरी अगाडी वढ्ने, सुडी समाजलाई कसरी एकतावद्ध गर्ने बारेमा प्रोफेसर रामचन्द्र साह, राजेन्द्र प्रसाद गुप्ता लगायतले आ–आफ्नो विचार राखेका थिए ।


नेपाल सुडी समाज केन्द्रिय समिति २०६३ सालमा गठन भएको थियो । सुडी समाज गठन भएपछि सुडी जातिको लागि समाजमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । प्रदेश नं. १ को मोरंग, सुनसरी, झापा र उदयपुर जिल्ला गरी करीब ५० हजार जनसंख्या रहेको र नेपालको तराई मधेशमा करीब ३५ लाख जनसंख्या रहेको नेपाल सुडी समाजका यूवा अध्यक्ष श्याम कुमार साहले जानकारी गराए । सुडी समाजका व्यक्तिहरु नेपाल सरकारका नितिनिर्माण गर्ने तहसम्म पुगेका छन् तर पनि सुडी जातिका यूवाहरु राज्यको मुलधारवाट उपेक्षित हुनुपरेको विडम्बना पूर्ण अवस्था रहको वहाँका भनाई थियो ।
महाधिवेशनका खुल्ला सत्रको अध्यक्षता गरी रहेका नेपाल सुडी समाजका केन्द्रिय अध्यक्ष रामेश्वर साहले आफूले अध्यक्षको जिम्मेवारीमा आएपछि र आफू भन्दा पहिले जिम्मेवारीमा रही सुडी समाजमा गरेको योगदानको बारेमा चर्चा गर्दै खुल्लासत्र सम्पन्न भएको घोषणा गरेका थिए ।
नेपाल सुडी समाज केन्द्रिय कार्य समितिको लागि आजराती बन्द सत्रवाट नयाँ कार्यसमिति चयन हुने भएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]