विराटनगर, भदौ ७ गते । जिल्ला मोरंग विराटनगर महानगर पालिका वडा नं. ३ स्थित तास खेली रहको अवस्थामा ५४ हजार ६ सय ५८ रुपिया सहित ८ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
सोमवार तास खेलि रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाली नगद रुपिया ५१ ह्जार २ सय ९८ र भारतीय नगद रूपिया २ हजार १ सय र ३ बुङ तास सहित नियन्त्रणमा लिई जुवा कसूरमा दिन ५ (पाँच) म्याद थप गराई सकेको छ ।
पक्राउ ब्यक्तिहरूमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–३ बस्ने बर्ष ३९ को नारायण राई, वडा नं.–३ बस्ने बर्ष ४६ को अमित कार्की, वडा नं.–४ बस्ने बर्ष ३८ को भुवन के.सी., बर्ष ४० को दैलेश कुमार कार्की, मोरङ बुढिगंगा गाउँपालिका वडा नं.–१ बस्ने बर्ष ४८ को भुपेन्द्र राई, वडा नं.–२ बस्ने बर्ष ६४ को पूर्ण पाण्डे, बर्ष ४५ को तिर्थ के.सी.,बर्ष ४९ को कृष्ण बहादुर मगर रहेका छन् ।
पक्राउ परेका आठै जना उपर थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]