विराटनगर, श्रावण १९ गते । बहुविवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बहुबिबाह मुद्धाका सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्धाका सुनसरी धरान उप-महानगरपालिका वडा नं. २० देबिगाउ बस्ने २८ बर्षीय रामसरण राई रहेका छन् ।
उनिहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगर (रिट) बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैलाई सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार पठाईएको छ ।
प्रतिवादी शुशिल पोदार भएको बहुबिबाह मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७ अषाढ १ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना १० दिन कैद र रु.१५ हजार जरीवाना भई लगत नं. ६३६ मा कैद तथा जरीवाना रहेकाे थियो ।
प्रतिवादी रामसरण राई भएको सवारी ज्यान मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८ पुस २८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र रु.२ हजार जरीवाना भई लगत नं. १६३६मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका फरार प्रतिबादी थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]