विराटनगर, श्रावन २३ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिका घर भएका कोरोना संक्रमित २३ वर्षिय यूवकको मृत्यु भएको छ ।
सो यूवाको सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोा आईसोलेसनमा उपचार गराई रहेको कोरोन संक्रमणका कारण मृत्यु भएको छ ।
मिर्गौलामा समस्या देखिएपछि सो यूवामाकोे स्वाव परिक्षण गरेपछि बुधबार जनकपुरमा कोरोना पुष्टि भएको थियो । यूवकको थप उपचारको लागि धरान ल्याईएको थियो ।
जनकपुरबाट रिफर भएर आएका उनको विहीवार रातीनिधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले वताए ।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले जानकारी गराएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]