विराटनगर, २२ असार सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत हुने भएका छन ।
सहकारी संस्थाले शिक्षक मासिक(काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सर्दारलाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो ।
उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर सम्मान गर्न लागेको हो ।
दाहाल यसै वर्ष स्थापित तोरेन्द्र-इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार छ ।
मानन्धर २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पा“च लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो । यसभन्दा अगाडि सो पुरस्कार इलामका पत्रकार भीम चापागाईं, काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकी, विराटनगरका पत्रकारद्वय अनन्तराज न्यौपाने र मीनकुमार श्रेष्ठलाई प्रदान गरिसकिएको छ ।
यस्तै २०७९ सालको मेम्बर चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार भण्डारीलाई प्रदान गर्ने भएको हो । यसभन्दा अगाडि सो पुरस्कारबाट पत्रकार कुमार लुइ“टेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई, देवनारायण साह, मोहम्मद सदरुल र तारा आचार्य पुरस्कृत भैसकेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल-दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष २१ हजार नगद राशिसहित सम्मान गरिदै आएको छ ।
यस्तै पत्रकार उषा सर्दार २०७९ सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हुन् । सो पुरस्कारको राशि १० हजार छ । यस अघि सो पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई , बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ र एलिना दियाली पुरस्कृत भैसकेका छन् ।
मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७९ असार २१ गते मंगलबार बसेको बैठकले चारैवटा पुरस्कारको घोषणा गरेको हो । पुरस्कार संस्थाको एघारौं स्थापना दिवसको अवसरमा २०७९ असार २७ गते प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]