विराटनगर, असार १८ गते । चिठी मार्फत फिरौति माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
शुक्रवार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने मुकेश शर्मालाई जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ घर भई हाल विराटनगर महानगरपालिका वडा नं. ४ कञ्चनबारीमा बस्ने वर्ष ३९ को गणेश कुमार कार्कीले जेठ ३१ गते चिठी पठाई पटक–पटक फोनगरी फिरौति माग गर्ने दुई जनालाई पक्राउ गरिएको हो ।
जेठ १७ गते मुकेश शर्माले आइएमइ मार्फत रू २५ हजार पठाएकोमा जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ हसन्दह स्थित रहेको आइएमइबाट जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने वर्ष २६ को विशाल ऋषिदेवलाई उक्त रकम सहित नियन्त्रणमा लिईएको छ ।
उक्त घटनामा संलग्न गणेश कुमार कार्कीलाई समेतलाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]